गोमुखासन (Cow Face Pose) – Yogi Rajan Bastola

गो को मतलब गाइ हो मु को मतलब मुख तशर्थ गोमुखासन को अर्थ गाइको मुख भन्ने हुन्छ ।

विधि

यस आसन गर्नको लागि पहिला दुबै खुट्टालार्इ सिधा राख्ने अब दाहिने घुँडा मोडेर चित्रमा देखाए अनुसार देब्रे तिघ्राको मुनी क्रस गराउने अब देब्रे घुँडा मोडेर दाहिने तिघ्राको माथिबाट साइटमा लैजाने । यस स्थितिमा दुबै घुँडा एकको माथी एक हुने गरि राख्ने जस्को आकार गाइको मुख जस्तो देखिन्छ । अब दाइने हातलार्इ ढाडको पछाडि तलबाट लाने र देब्रे हात ढाडको माथिबाट तल लगेर दुबै हातलार्इ फसाउने यस प्रकृयामा ढाड पुरै सिधा राख्नु जरूरी हुन्छ । यस आसनलार्इ करिब १ मिनेट जति बस्नु जरूरी हुन्छ अब पहिलाकै तरिकाले खुट्टा तथा हातलार्इ बदली फेरि १ मिनेट जति बस्नु पर्छ । यस आसन गर्दा पुरा पिठिउँ सिधा राखी लामो श्वास लिदै बस्ने ।

लाभ

यस आसनले शरिरको माम्सपेसीलार्इ मजबुत बनाउँदछ । काँध तथा गर्दनको दुखाइलार्इ हटाउँदछ साथै  तनाबलार्इ हटाउन मद्दत गर्दछ । यस आसनले कम्मर तथा पिठिउँको पिडालार्इ हटाइ मेरूदण्ड सिधा बनाउन मद्दत गर्दछ । यस आसनबाट छाति चौडा बनाउँन साहयता गर्दछ भने फोक्सोलार्इ समेत व्यायाम मिल्ने हुँदा स्वास प्रस्वासको समस्यालार्इ निराकरण गराउँदछ ।

यस आसनबाट बाथका विमारिहरूलार्इ ज्यादै फाइदा पुग्ने हुन्छ । सरिरमा गाँठा गुँठी बढ्ने, कव्जियतका रोगिहरू, अंडकोष, हर्नियाका विमारीहरू, लिबरका विमारीहरू, धातु रोग, महुमेह, स्त्री रोग तथा छालामा हुने एलर्जीहरूका रोगीहरू लार्इ विषेश लाभ हुन्छ ।

साबधानी

यस आसन गर्दा कुनै ढाडमा गम्भिर समस्या भएकाले गर्नु हुँदैन साथै हातलार्इ पछाडी फसाउँदा जवरजस्ती भने गर्नु हुँदैन ।